अमेरिकाको विद्यालयमा गोली चल्दा, दुई जना मारिए, १७ घाइते

माघ १० । अमेरिकाको केन्टकी राज्यमा भएको गोलाबारीमा दुईजनाको ज्यान गएको छ । त्यहाँ रहेको एक उच्च माध्यमिक विद्यालयमा गोलाबारी हुँदा १५ वर्षका छात्र र छात्राको ज्यान गएको बिबिसीले जनाएको छ ।

घटनामा १७ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । घटनामा संलग्न छात्रलाई पक्राउ गरी अनुसन्धान थालेको त्याहाँको प्रहरीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यी विद्यार्थीले कक्षामा पढाई सुरु भए पछि ह्याण्ड गन निकाली गोली चलाएका थिए । अमेरिकामा विद्यालयभित्र भएको यो आक्रमण दोस्रो हो । यसअघि टेक्सासमा रहेको एक विद्यालयमा आक्रमण भएको थियो ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com