सीमामा पर्खाल लगाउन बजेट दिए अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिईने

माघ १२ । मेक्सिकोको सीमामा पर्खाल लगाउन बजेट दिएमा १८ लाख अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिने प्रस्ताव राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले गर्ने भएको छ ।

मेक्सिकोमा पर्खाल लगाउने चुनावी बाचा गरेर ह्वाइटहाउसको यात्रा गरेका ट्रम्पको यस योजनालाई संसदले समर्थन नगरेपछि विकल्पमा नयाँ योजना ल्याउन लागिएको बताइएको छ । यस योजनामा समर्थन खोज्न ट्रम्प प्रशासनले डेमोक्रेट सांसदसँग छलफल गर्ने भएको छ ।

सोमबार ल्याइने विधेयकमा मेक्सिकोको सीमामा पर्खाल लगाउन २५ बिलियन डलर माग गरिने ह्वाइटहाउसका नीतिप्रमुख स्टीफन मिलरले रिपब्लिकन सांसदसँगको सामूहिक टेलिफोन वार्तामा जानकारी दिएका हुन् ।

संसद यो रकम दिन राजी भएमा १८ लाख व्यक्तिलाई १०÷१२ वर्षमा नागरिकता प्रदान गरिनेछ । यद्यपि, डेमोक्रेट यस योजनाको सख्त विपक्षमा रहेका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले प्यालेष्टायनलाई दिइदै आएको वित्तीय र सुरक्षा सहयोग रोक्ने धम्की दिएका छन् । प्यालेष्टायन शान्ति वार्ताका लागि तयार नभएमा वित्तीय र सुरक्षा सहयोग रोक्ने ट्रम्पको चेतावनी छ ।
ट्रम्पले अब प्यालेष्टायन र इजरायलबीच सायदै शान्ति वार्ता हुन सक्ने भन्दै आशंका पनि व्यक्त गरे । दुई देशबीच शान्ति वार्ता गराउन अमेरिकाले चाहे पनि प्यालेष्टायनले भने इजरायललाई काखी च्याप्ने नीति रहँदासम्म शान्ति वार्तामा नबस्ने जनाइसकेको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com