बार्सिलोना स्पेनिस किङ्स कप फुटबलको सेमीफाईनलमा

माघ १२ । इस्पानियोललाई हराउँदै बार्सिलोना स्पेनिस किङ्स कप फुटबलको सेमीफाईनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाईनल दोस्रो लेगको खेलमा २–० ले विजयी भएको बार्साले पहिलो लेगमा भोगेको १–० को पराजय उल्टायो । समग्रमा २–१ को जित निकाल्दै बार्सिलोना सेमीफाईनलमा पुगेको हो ।

लिभरपुलबाट यसै महिना बार्सिलोना आएका ब्राजिलियन खेलाडी फिलिप कौटिन्होले डेब्यु गरेको खेलमा बार्सालाई विजयी गराउन लुईस सुवारेज र लियोनल मेस्सीले एक–एक गोल गरे ।

गएरातिको खेलपछि स्पेनिस कप अर्थात कोपा डेल रे फुटबलको सेमीफाईनल पुग्ने सबै चार टोलीको टुंगो लागेको छ । बार्सिलोना, सेभिया, भ्यालेन्सिया र लेगानेजबीचको सेमीफाईनल भिडन्तको खेल तालिका भने सार्वजनिक हुन बाँकी छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com