अनुचित व्यापारिक अभ्यासप्रति अमेरिका चुप लागेर नबस्ने ट्रम्पको चेतावनी ‘भक्षक शैली’मा व्यापार गर्ने परिपाटीको कडा आलोचना

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘भक्षक शैली’मा व्यापार गर्ने परिपाटीको कडा आलोचना गर्दै अनुचित व्यापार नसहने चेतावनी दिएका छन् । स्विटजरल्याण्डको डाभोस शहरमा विश्व आर्थिक मञ्चको बैठकमा आफ्ना व्यापारिक साझेदारहरुबीच उनले व्यापारकासम्बन्धमा पनि ‘अमेरिका पहिलो’ नीति नै अवलम्बन गरिने प्रष्ट पारे । अनुचित व्यापारिक अभ्यासका कारण बजारमा विकृति देखिएको बताउँदै ट्रम्पले अब त्यसप्रति अमेरिका चुप लागेर नबस्ने बताएका हुन् । व्यापारमा अमेरिका पहिलो भन्ने नीति लिनुको मतलब अमेरिका एक्लैमात्र पहिलो भन्ने नभएको उनको भनाइ थियो । अरु देशका नेताले पनि आ–आफ्ना देशलाई पहिलो स्थानमा राख्दा हुने उनको सल्लाह छ । ‘अमेरिका अघि बढ्नु भनेको विश्व पनि अघि बढ्नु हो,’ ट्रम्पले तर्क गरे, ‘अमेरिका व्यापारका लागि खुल्ला रहेको र त्यसको सबैले फाइदा लिए हुन्छ ।’ एजेन्सी

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com