काठमाडौँ : उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् समिर श्रेष्ठका अनुसार ...
Read More »Author Archives: MTV NEPAL
चाँदीसहित भुटानी नागरिक पक्राउ
काठमाडाै : नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले ड्रुक एयरको उडानमार्फत भुटान जान लागेको अवस्थामा राहदानी नम्बर जी १२८९३२ बाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई सोमबार राति पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ ...
Read More »राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान
काठमाडाैंः बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् । कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ...
Read More »बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो
ला पाज, २५ कात्तिक : दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गर्नुभएको छ । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गर्नु भएको हो । राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल ...
Read More »बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु
खुल्ना, बङ्गलादेश, २५ कात्तिक : बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ । करिब १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे भारतको ...
Read More »राजनीति पैसा कमाउने व्यवसाय हैनः सांसद मरासिनी
काठमाडौं,२४ कार्तिक । राजनीति पैसा कमाउने पेशा नभई सामाजिक सेवा भएको कुरा सांसद नारायण प्रसाद मरासिनीले बताउनु भएको छ । स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मरासिनीले राजनीति गर्ने मान्छे पवित्र हुनु पर्नेमा जोड दिँदै राजनीतिलाई कमाउने भाँडो बनाउन नहुने कुरा मिथिला बहसमा बताउनु भएको छ । ...
Read More »महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन जरुरी : मुख्यमन्त्री भट्ट
सुर्खेतः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा अन्त्यका लागि सोचमा परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ । लैङ्गिक हिंसा विरुद्वको वर्ष अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज धनगढीमा आयोजना गरेको ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका र प्र्रतिबद्धता’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मुख्यमन्त्री भट्टले व्यक्तिको सोच ...
Read More »महोत्तरीः टिप्परको ठक्करबाट एक जना घाइते
गाैशालाः महोत्तरीमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन् । पिपरा गाउँपालिका २ का ६० वर्षीय मोहम्मद मजिद नदाफलाई ना १ क ९६८३ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका हुन् । टिपरको चक्काले नदाफको दाहिने तिघ्रामा किचेको छ । चक्काले किचेर तिघ्रा चुँडिएकाले उनलाई जलेश्वर अस्पतालले धरान रेफर गरेको छ ...
Read More »राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप
काठमाडाैंः सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ ।उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक २१ गते सार्वजनिक गरेको उक्त नीतिको मूल स्वरुपमा मौलिकता नदेखिएको पार्टीका प्रवक्ता लीलाबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा उल्लेख ...
Read More »अवैध लागूऔषध सहित पक्राउ ।
काठमाडौं, २३ कात्तिक । काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ वेशीगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका ११ घर भएका २० वर्षीय सन्तोष मोक्तानलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला ...
Read More »
English
MTV NEPAL MTVNEPAL