बारा, २४ कात्तिक । जितपुर सिमरा उपमहानगरपालिका १ पथलैयाबाट १ हजार दरको १ थान र ५ सयको दरको १ थान नक्कली नोट सहित चितवन रत्ननगर नगरपालिका २ बस्ने ३५ वर्षीय गोकर्ण खतिवडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पथलैयास्थित पेट्रोल पम्पमा ना ६ ख ३३५२ नम्बरको ट्रकमा तेल हालेर ...
Read More »Author Archives: MTV NEPAL
पेस्तोल र विष्फोटक पदार्थ सहित पक्राउ ।
बाजुरा, २४ कात्तिक । गौमुल गाउँपालिका ३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङ घर भएका ५२ वर्षीय चुडामणी ओली लगायत १६ जनालाई पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थहरु सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड, फलामको खाली सकेट १ ...
Read More »उपनिर्वाचन २०७६ : नेकपा, काङ्ग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा
आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा ...
Read More »Voice For Youth 2019 द्वारा तीन जना नेपाली Youth अमेरिकामा सम्मानित :
अक्टोबर १९,तारिकमा संचालित Voice For Youth 2019 को मोटिभेसनल स्पीच प्रतिस्पर्धामा सहभागी १५० जना मध्ये ३ जना नेपाली उत्कृष्ट छनौटमा परेका छन् । उक्त कार्याक्रम अमेरिकाको अल्मश हस्पिटल अडिटरियनमा आयोजित थियो । यस कार्याक्रम द्वारा पुरस्कृत हुने तीन जना युथहरुको नाम र उनीहरुले अध्ययन गरेको विश्वविद्यालय निम्न अनुसार छ ।
Read More »उपनिर्वाचन २०७६ः स्वतन्त्र उम्मेदवारको पहिलो दर्ता
भक्तपुर : मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेर १५ मिनेटमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने कृष्णप्रसाद पाध्याले पहिलो उम्मेदवारी दर्ता गराउनुभयो । त्यसैगरी १० बजेर ३० मिनेटमा चानपा ५ ...
Read More »करिडोरको स्तरोन्नतिमा सेनाको सक्रियता
बागलुङः सदरमुकाम बागलुङसँग जोडिएको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म कालीगण्डकी करिडोरको स्तरोन्नतिको जिम्मेवारी पाएको नेपाली सेनाले कामलाई तिव्रता दिएको छ । करिडोरको ठाउँठाउँमा खसेका पहिरोको सफाइ र १० मिटर चौडाइ नपुगेको क्षेत्रमा बम विष्फोटको कामलाई नेपाली सेनाले तीव्र बनाएको हो । गत ज्येष्ठ मसान्तसम्म सडक विभागलाई हस्तान्तरण गर्ने गरी जिम्मेवारी पाएको सेनाले ...
Read More »ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु
जुम्लाः सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी ...
Read More »थुनुवालाई उत्प्रेरणा जगाउने कार्य
विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङले थुनावामा रहेका बन्दीलाई सचेतना गराउने कार्यको शुरुवात गरेको छ । पाँच वटा हिरासत कक्ष रहेको कार्यालयमा महिला र पुरुषको छुट्टाछुट्टै थुनुवा कोठा छन् । विभिन्न अपराधमा पक्राउ परेका व्यक्तिको मनोविज्ञान बुझ्न प्रहरी उपरीक्षक विश्व अधिकारीले उनीहरुकै बेग्लाबेग्लै कक्षमा प्रवेश गरेर जानकारी हासिल गर्नुभएको छ । ...
Read More »प्रदेश नंं ५ को राजधानीको फैसला जनताले गर्नेछन् : नेकपा अध्यक्ष प्रचण्ड
बुटवलः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भौगोलिक बनावट सुहाउने गरी प्रदेश नं ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा राखिने बताउनुभएको छ । नेकपा कोहलपुरले आयोजना गरेको विजयादशमी दिपावली तथा छठ पर्वका अवसरमा आयोजित कार्यक्रममा उहाँले जनताको फैसला नै अन्तिम हुने भएकाले त्यसतर्फ जनप्रतिनिधिको ध्यान जानुपर्नेमा जोड दिनुभयो । “प्रदेश ...
Read More »बलात्कार आरोपमा नेकपा र कांग्रेसका दुई नेता पक्राउ
कात्तिक, काठमाडौं : प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक/एकजना नेतालाई बलात्कार आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले दुवै जनालाई पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष ...
Read More »
English
MTV NEPAL MTVNEPAL