बारा, २४ कात्तिक । जितपुर सिमरा उपमहानगरपालिका १ पथलैयाबाट १ हजार दरको १ थान र ५ सयको दरको १ थान नक्कली नोट सहित चितवन रत्ननगर नगरपालिका २ बस्ने ३५ वर्षीय गोकर्ण खतिवडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पथलैयास्थित पेट्रोल पम्पमा ना ६ ख ३३५२ नम्बरको ट्रकमा तेल हालेर पैसा दिने क्रममा ट्रक चालक गोकर्णले उक्त नक्कली नोट दिए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी बारा, पचरौता नगरपालिका ५ बेल्दारीबाट भारत मोतिहारी पचपोखरीया बस्ने सुनिल कुमार यादव र सोही ठाउँ बस्ने राजा बाबु कुमारलाई १ हजार दरको नक्कली नोट १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित अमन एण्ड सुमन आयल स्टोरमा नम्बरप्लेट नभएको मोटरसाइकलमा तेल हाली उनीहरुले उक्त नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेल्दारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नोट र मोटरसाइकल सहित पक्राउ गरेको हो ।
श्रमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ ।
सोलुखुम्बु, २४ कात्तिक । आफ्नै ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सेताङ गाउँपालिका(५ बस्ने ४२ वर्षीय शिव नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले शिवलाई पक्राउ गरेको हो । घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ ।

English
MTV NEPAL MTVNEPAL


