महोत्तरीः टिप्परको ठक्करबाट एक जना घाइते

गाैशालाः महोत्तरीमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन् । पिपरा गाउँपालिका २ का ६० वर्षीय मोहम्मद मजिद नदाफलाई ना १ क ९६८३ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका हुन् ।

टिपरको चक्काले नदाफको दाहिने तिघ्रामा किचेको छ । चक्काले किचेर तिघ्रा चुँडिएकाले उनलाई जलेश्वर अस्पतालले धरान रेफर गरेको छ । दुर्घटनापछि टिपर चालकलाई स्थानीयले कुटपिट गर्नुका साथै टिपरमा तोडफोड गरेका छन् ।

साथै भिड नियन्त्रणकाे क्रममा प्रहरीले समाचार संकलनको लागि पुगेका नेपाल पत्रका महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष दशरथ भण्डारीमाथि दुर्व्यवहार गरेका थिए ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com