दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त हुनु भएको छ । यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामाफोसालाई राष्ट्रपति पदमा चयन गरेको हो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसदमा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण आफ्नो प्राथमिकता हुने बताउनु भयो । धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र ...
Read More »अन्तर्राष्ट्रिय
अमेरिकामा भयंकर हिमपात, १५ सय फ्लाइट रद्द
अमेरिकामा भयंकर हिमपात हुँदा जाडो भएर मानिसको जीवन समस्यामा परेको छ । हिउँसहितको तूफानका कारण मानिसहरूले अनेकौं समस्याको सामना गर्नुपरेको हो । मध्यपश्चिम (मिडवेस्ट) क्षेत्रमा हिउँयुक्त तूफानका कारण नौ इन्च मोटो हिउँको पत्र पूरै इलाकामा जमेको छ । खराब मौसमका कारण विद्यालयहरू बन्द भएका छन् । यातायातमा पनि नराम्रो असर ...
Read More »विश्वका १५ धनी शहरः न्यूयोर्क पहिलो, लण्डन दोस्रो
२९ माघ, काठमाडौं । विश्वका धनी शहरहरुको सूची सार्वजनिक भएको छ । न्यू वर्ल्ड वेल्थ रिपोर्टले धनी १५ शहरको सूची सार्वजनिक गरेको छ, जसमा कुल ३ हजार अर्ब डलरका साथ न्यूयोर्क पहिलो स्थानमा छ । सूचीमा न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी लण्डन दोस्रो, टोकियो तेस्रो र सनफ्रानसिस्को चौथो नम्बरमा ...
Read More »रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु
मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट उडेको रुसी विमान दक्षिण पूर्वी गाउँ अर्गुनोभामा दुर्घटनाग्रस्त हुँदा ७१ जनाको मृत्यु भएको छ । विमानमा रहेका ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य सबैको मृत्यु भएको हो । उडान भरेको दुई मिनेटमै राडार सम्पर्कबाट हराएको विमान लगत्तै दुर्घटना भएको हो । पाइलटले विमानमा खराबी ...
Read More »माल्दिभ्समा संकटकालः ‘संसद् निलम्वनमा, प्रधानन्यायाधीश नियन्त्रणमा’
एजेन्सीः राष्ट्रपति र अदालतबीच बढ्दै गएको टकरावको परिणामस्वरुप माल्दिभ्समा संकटकाल घोषणा गरिएको छ। राष्ट्रपति अब्दुल्ला यमिनले १५ दिनका लागि संकटकाल घोषणा गरेको बताएका छन्। संकटकाल घोषणासँगै संसद् र अदालत निलम्वनमा परेका छन्। प्रधानन्यायाधीश अब्दुल्ला सइद र न्यायाधीश अली हामिदलाई सरकारले नियन्त्रणमा लिएको विपक्षी दलका प्रवक्ता हामिद अब्दुललाई उद्रृत गर्दै बीबीसीले जनाएको छ। माल्दिभ्सको ...
Read More »माल्दिभ्समा १५ दिनका लागि संकटकाल घोषणा
२३ माघ, काठमाडौं । राजनीतिक गतिरोध लम्बिएपछि माल्दिभ्समा १५ दिनका लागि संकटकाल घोषणा गरिएको छ । पूर्वराष्ट्रपति मोहम्मद नासिद र विपक्षी दलका नेतालाई गत शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर राष्ट्रपति गयुमले सर्वोच्चको आदेश नमान्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि संवैधानिक र राजनीतिक संकट चुलिएको थियो । राष्ट्रपति ...
Read More »सामसुङका कम्पनी उप–प्रमुख लि जाय योङ जेल मुक्त
माघ २२ – सामसुङका कम्पनी उप–प्रमुख लि जाय योङ जेल मुक्त भएका छन् । दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई घुस दिएको अभियोगमा लिले पाँच वर्षका लागि जेल सजाय पाएका थिए । दक्षिण कोरियाको पुनरावेदन अदालतले उनिमाथि लागेको आरोप निराधार रहेको ठहर गर्दै उनलाई जेल मुक्त गराएको हो । पुनरावेदन अदालतको निर्णय ...
Read More »घातक रासायनिक हतियार प्रयोग नगरेको सिरियाको दाबी
सिरिया सरकारले विद्रोहीहरुका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको भनी अमेरिकाले लगाएको आरोपको खण्डन गरेको छ । अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घटुल क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानव स्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो । सिरियाली विदेशमन्त्रालयले शनिबार विज्ञप्ति प्रकाशन गरी अमेरिकाले ...
Read More »युद्दको मानसिकता त्याग्न अमेरिकालाई चिनको चेतावनी
चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’ युद्धको मानसिकता छाड्ने पहल गर्नुको साटो विरुद्धमा लागेको भन्दै आलोचना गरेको छ । चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ । अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि चीनले चेतावनी दिएको हो । अमेरिकाले आफूसँग भएका हतियारहरू प्रयोग ...
Read More »ओलम्पिक वार्ताका लागी उत्तर कोरीयाली उच्च अधिकारी दक्षिण कोरीयामा
माघ २२ – उत्तर कोरीयाले ओलम्पिक वार्ताका लागी आफ्ना एक उच्च अधिकारीलाई दक्षिण कोरीया पठाएको छ । उत्तर कोरियाले ४ वर्षपछि उच्च अधिकारी किम योङ नमलाई दक्षिण कोरिया पठाएको हो । किमले दक्षिण कोरियामा शुक्रबार हुने २२ सदस्यीय वार्ता टोलीको नेतृत्व गर्नेे दक्षिण कोरियाले जनाएको छ । ओलम्पिकको उद्घ्घाटन सत्रमा ...
Read More »
English
MTV NEPAL MTVNEPAL