माघ २२ – सामसुङका कम्पनी उप–प्रमुख लि जाय योङ जेल मुक्त भएका छन् ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई घुस दिएको अभियोगमा लिले पाँच वर्षका लागि जेल सजाय पाएका थिए ।
दक्षिण कोरियाको पुनरावेदन अदालतले उनिमाथि लागेको आरोप निराधार रहेको ठहर गर्दै उनलाई जेल मुक्त गराएको हो ।
पुनरावेदन अदालतको निर्णय विरुद्ध पुनः त्यहाँको सर्वोच्च अदालतमा मुद्धा दायर हुन सक्ने बीबीसीले जनाएको छ । गएको वर्ष दक्षिण कोरियाको तल्लो अदालतले लि ले पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई घुस दिएको ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

English
MTV NEPAL MTVNEPAL


