घातक रासायनिक हतियार प्रयोग नगरेको सिरियाको दाबी

सिरिया सरकारले विद्रोहीहरुका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको भनी अमेरिकाले लगाएको आरोपको खण्डन गरेको छ । अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घटुल क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानव स्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो ।

सिरियाली विदेशमन्त्रालयले शनिबार विज्ञप्ति प्रकाशन गरी अमेरिकाले लगाएको सो आरापको खण्डन गरेको छ र आफूहरुले यस्ता हतियारहरुको प्रयोग नगरेको भनी स्पष्ट गरेको छ ।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com