अमेरिकामा भयंकर हिमपात, १५ सय फ्लाइट रद्द

अमेरिकामा भयंकर हिमपात हुँदा जाडो भएर मानिसको जीवन समस्यामा परेको छ । हिउँसहितको तूफानका कारण मानिसहरूले अनेकौं समस्याको सामना गर्नुपरेको हो ।

मध्यपश्चिम (मिडवेस्ट) क्षेत्रमा हिउँयुक्त तूफानका कारण नौ इन्च मोटो हिउँको पत्र पूरै इलाकामा जमेको छ । खराब मौसमका कारण विद्यालयहरू बन्द भएका छन् ।

यातायातमा पनि नराम्रो असर परेको छ । तूफानका कारण थुप्रै कारहरू दुर्घटनाग्रस्त भए । पन्ध्र सयबाट उडान रद्द गरिए ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार, २३ करोड नागरिकले हिउँसहितको हावाको सामना गर्नुपरेको थियो । हिमपातका कारण दुईजनाको मृत्यु भइसकेको छ । पछिल्लो तीन वर्षमा यो सबभन्दा भयंकर हिमपात हो ।

अमेरिकी मौसम विभागले गरेको अनुमानअनुसार, मिडवेस्टमा अर्को हप्ता तूफान आउन सक्छ । वायोमिङदेखि जोर्जियासम्म बीस राज्यमा अलर्ट जारी गरिएको छ । न्युयोर्कको पश्चिमी क्षेत्रमा पनि हिमपात हुनेछ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com