आर राजवंशीको निर्देशन रहेको सिनेमा ‘शेरबहादुर’ गएको शुक्रबार प्रदर्शनमा आएको सिनेमा हो । यो सिनेमाले मेकिङका हिसाबले खुबै तारिफ बटुल्यो । चलेका र राम्रो सिनेमा बनाइरहेका निर्माता तथा निर्देशकले समेत सिनेमाको तारिफ गरेका थिए । हलिवुड सिनेमाबाट प्रभावित ‘शेरबहादुर’ले मेकिङमा जति तारिफ बटुल्यो त्यति राम्रो कारोबार भने गर्न सकेन । सुरुवाती दुूई दिनमा सिनेमाको कारोवार राम्रै थियो । शुक्रबार ५५ प्रतिशत अकुपेन्सी रहेको सिनेमाको शनिबार बिदा भएका कारण ८० प्रतिशत अकुपेन्सी रह्यो । तर त्यसपछि भने सिनेमाको कारोबार लगभग बन्द जस्तै हुनपुग्यो । अकस्मात सिनेमाको कारोबार बन्द हुनुको कारण थियो बिना पैसा टिकट बुकिङ । सिनेमा हेर्ने भन्दै फोन र अनलाइनबाट सिनेमाका टिकटहरु बुक भए तर हलमा सिनेमा हेर्न कोही पनि गएनन् । उता सिनेमा हेर्न हलसम्म पुगेका दर्शक टिकट नपाएर फर्किए जसले गर्दा सिनेमाका टिकट सबै बुक हुँदा पनि सिनेमाले हलभित्र दर्शक पाएन ।

English
MTV NEPAL MTVNEPAL


