‘एक हप्ताभित्र केपी ओलीको नेतृत्वमा नयाँ सरकार’

-नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले अब एक हप्ताभित्रमा नयाँ सरकार गठन हुने बताउनुभयो ।

देशले राजनीतिक स्थिरता र स्वाधीनतासँगै समृद्धि चाहिरहेको सन्दर्भमा जतिसक्दो चाँडो पार्टी एकता आवश्यक रहेको उहाँको भनाइ थियो । पार्टी एकीकरण प्रक्रियाबारे पार्टीभित्र र बाहिर विभिन्न धारणा आउनु स्वाभाविक भएको उपाध्यक्ष रावलले बताउनुभयो ।

“वर्तमान सरकारले निर्वाचन आचारसंहिता, देश र जनताको चाहना विपरीत गरेका विभिन्न निर्णयहरू आगामी सरकारले पुनरावलोकन गर्नेछ”, उहाँले भन्नुभयो । रासस

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com