माल्दिभ्समा १५ दिनका लागि संकटकाल घोषणा

२३ माघ, काठमाडौं । राजनीतिक गतिरोध लम्बिएपछि माल्दिभ्समा १५ दिनका लागि संकटकाल घोषणा गरिएको छ ।
पूर्वराष्ट्रपति मोहम्मद नासिद र विपक्षी दलका नेतालाई गत शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर राष्ट्रपति गयुमले सर्वोच्चको आदेश नमान्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि संवैधानिक र राजनीतिक संकट चुलिएको थियो ।

राष्ट्रपति कार्यालयबाट जारी सूचनामा लेखिएको छ, ‘१५ दिनको लागि राष्ट्रपति अब्दुल्ला यमिन अब्दुल गयुमले संकटकालको घोषणा गरेका छन् । अब केही अधिकार सीमित रहनेछन् । सामान्य गतिविधि, सेवा र व्यापारमा भने असर पर्ने छैन ।’सोमबार साँझ मालदिभ्सका राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्याण्डलमार्फत् संकटकालको सूचना दिइएको थियो ।

संकटकाल घोषणा भएपछि आरोपीहरुलाई पक्रन सुरक्षाकर्मीले थप अधिकार पाएका स्थानीय समाचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com