वाट्फोर्डसँग चेल्सिको अप्रत्यासित हार

माघ २३ । गएराति भएको खेलमा इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले अप्रत्यासित हार बेहोरेको छ ।

खेलमा चेल्सीलाई वाट्फोर्डले ४÷१ ले हराएको हो ।

ट्रोए डिनी, यानमत, जेरार्ड डेलोफु र रोबर्टो परेराले गरेको गोलले घरेलु टोली वाट्फोर्डलाई विजयी भएको हो ।

वाट्फोर्डले खेलको अन्तिम ६ मिनेटमा तीन गोल गरेको थियो ।
खेलको ३० औं मिनेटमै चेल्सीका मिडफिल्डर बाकायोको दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि चेल्सी १० जनामा समेटिएको थियो । चेल्सीका लागि एडिन हाजार्डले एक सान्त्वना गोल गरेका थिए ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ५१ अंकको साथ लिभरपुल तेस्रो तथा ५० अंक जोडेको चेल्सी चौथो स्थानमा रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com