नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् ।
नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा एक हजार ७८७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै ०७१र७२ मा दुई हजार चारजनाको, ०७२÷७३ मा दुई हजार ६ जनाको, ०७३÷७४ मा दुई हजार ३८४ जनाको र ०७४÷७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनि हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउँछन् ।
आव ०७०÷७१ मा आठ हजार ४०६, ०७१÷७२ नौ हजार १४५, ०७२÷७३ मा १० हजार १३, ०७३÷७४ मा १० हजार १७८ र ०७४÷७५ को कात्तिक मसान्त अर्थात चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन् ।
सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ । दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्यांकमा उल्लेख छ ।

English
MTV NEPAL MTVNEPAL


