ओलम्पिक वार्ताका लागी उत्तर कोरीयाली उच्च अधिकारी दक्षिण कोरीयामा

माघ २२ – उत्तर कोरीयाले ओलम्पिक वार्ताका लागी आफ्ना एक उच्च अधिकारीलाई दक्षिण कोरीया पठाएको छ ।
उत्तर कोरियाले ४ वर्षपछि उच्च अधिकारी किम योङ नमलाई दक्षिण कोरिया पठाएको हो ।


किमले दक्षिण कोरियामा शुक्रबार हुने २२ सदस्यीय वार्ता टोलीको नेतृत्व गर्नेे दक्षिण कोरियाले जनाएको छ ।
ओलम्पिकको उद्घ्घाटन सत्रमा दुई कोरियाका एथलेट्स खेलाडी एउटै झण्डा लिएर मैदानमा उत्रिने बताइएको छ । दक्षिण कोरियाले उत्तर कोरियाको कदमले दुई देशको सम्बन्ध सुधारमा थप सहयोग मिलेको जनाएको छ ।

अन्तर्राष्ट्रिय नाकाबन्दी पछि उत्तर कोरियाले दक्षिण कोरियासँगको वार्तालाई कुटनीतिक रुपमा अगाडी बढाइरहेको जनाइएको छ । किमले ३ जना अधिकारी र १८ जना सहयोगीसहित वार्ताको नेतृत्व गर्दैछन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com