अन्तर्राष्ट्रिय

राष्ट्रपतिको कार्यकाल बढाउन सत्तारुढ कम्युनिष्ट पार्टीको प्रस्ताव

चिनमा राष्ट्रपतिको कार्यकाल दुई कार्यकाल मात्र रहने संवैधानिक प्रावधान हटाउन सत्तारुढ कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको छ । यस प्रस्तावले दोस्रो कार्यकालमा रहेका राष्ट्रपति सी चिनपिङलाई पदमै रहने बाटो खोल्नेछ । राष्ट्रपति सी आफै पनि कार्यकाल २०२३ सम्म लम्ब्याउन चाहन्छन् । गत वर्ष मात्र कंग्रेसको वार्षिक सम्मेलनले उनलाई माओ पछि कै ...

Read More »

सीरियामा अझै रोकिएन युद्ध, आक्रमणमा रासायनिक हतियारको प्रयोग

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा युद्धविरामको प्रस्ताव पारित भएपछि पनि सिरियाली सरकारले हमला जारी राखेको छ । सिरियाली सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा हवाई आक्रमण जारी राखेको हो । सिरियामा पछिल्लो हमलामा क्लोरिन जस्तै रासायनिक हतियारको समेत प्रयोग गरेको बताइएको छ । राजधानी दमास्कस नजिक पूर्वी गुटामा विद्रोही नियन्त्रित क्षेत्रमा सिरियाले ...

Read More »

सीरियामा युद्धविरामको सहमति

सीरियामा ३० दिनसम्म युद्धविराम गर्ने सहमति भएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका सबै १५ सदस्यले युद्ध प्रभावित क्षेत्रमा सहायता र मेडिकल सुविधा पुर्याउने विषयमा भोटिङ गरेका छन् । सीरियाको राजधानी नजिकको गुटा क्षेत्रमा सीरियाका सेनाले बमबारी गरेपछि धेरै सर्वसाधारण मारिएका थिए । यस कारवाहीलाई रोक्ने उद्देश्यले सुरक्षा परिषदमा भोटिङ ...

Read More »

मोगादिसुमा दुई बम विस्फोट हुँदा १८ को मृत्यु

। मोगादिसुमा शुक्रबार दुई वटा बम विस्फोटन हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य २० जना घाइते भएका छन् । एम्बुलेन्सका निर्देशक अब्दुकादीर अब्दीरहमानले दुई वटा बम विस्फोटनमा परी १८ जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । उहाँले एउटा बम आक्रमण राष्ट्रपति निवासलाई लक्षित गरिएको पनि ...

Read More »

सिरियामा युद्धविरामको सहमति भएन

सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ । सो आक्रमणमा परी सयाँै सर्वसाधारण मारिएका छन् ...

Read More »

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक निष्कर्षविहीन बनेको छ, बैठक सिरियामा जारी संघर्ष रोक्ने उद्देश्यले बसेको हो । सिरियामा जारी संघर्ष रोक्न ३० दिनका लागि युद्धविरामसम्बन्धी प्रस्तावमा छलफल भए पनि रुसको अडानका कारण बैठकमा पारित हुन सकेन । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सिरियामा मानवतावादी युद्धविरामका लागि तयार नभएको जनाएको छ ...

Read More »

फ्लोरिडाका शिक्षकले बन्दुक राखेर पढाउन पाउने

हालै फ्लोरिडामा स्कुले विद्यार्थीहरुलाई बन्दुकधारीले आक्रमण गरेर हत्या गरेपछि अमेरिकामा बन्दुक राख्न पाउने कानुनको पक्ष र विपक्षमा बहस चूलिएका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका शिक्षकहरुलाई बन्दुक बोकेर पढाउन दिने प्रस्ताव गरेका छन् । ट्रम्पले यस्ता हमला फेरि हुन नदिने प्रतिवद्धता जनाएका छन् । त्यसका लागि बन्दुक किन्ने व्यक्तिको पृष्ठभूमि सही ...

Read More »

पाकिस्तानी पूर्व प्रधानमन्त्रि अयोग्य रहेको अदालतको फैसला

पाकिस्तानी सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टीको अध्यक्ष पदका लागि अयोग्य भएको फैसला गरेको छ । अदालतले सत्ताधारी पाकिस्तान मुस्लिम लीग नवाज पीएमएल–एन को अध्यक्ष पदमा सरिफ अयोग्य भएका ठहर गरेको हो । पार्टीको अध्यक्ष हुँदा सरिफले गरेका निर्णय पनि अमान्य हुने पाकिस्तानी सर्वोच्च अदालतले फैसला गरेको बीबीसीले जनाएको ...

Read More »

फिलिपिन्समा हैजाका कारण १० जनाको मृत्यु

फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने बालाबाकमा हैजाका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । पहाडी क्षेत्रमा पर्ने त्यस ठाँउमा हैजाले मरेका मध्ये एक जना ११ महिने बालक पनि रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बालाबाकमा दुई महिनादेखि हैजा फैलिएको छ । त्यस क्षेत्रमा दुई सय जना भन्दा बढी हैजाले प्रभावित ...

Read More »

सिरियामा हवाई हमला, ७७ को मृत्यु

सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ । अरु ३ सय जना घाइते भएका छन् । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र धेरै सर्वसाधारण छन् । राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com