सिरियामा हवाई हमला, ७७ को मृत्यु

सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ । अरु ३ सय जना घाइते भएका छन् । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र धेरै सर्वसाधारण छन् । राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । सरकारी सेनाले विद्रोहीलाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ । तर मृत्यु हुनेमा धेरैजसो सर्वसाधारण रहेको सिरियन अब्जरभेटरी ह्युमन राइट्सले जनाएको छ । चार लाखभन्दा बढी व्यक्तिहरुको बसोबास रहेको गुटालाई सन् २०१३ देखि विद्रोहीहरुले नियन्त्रणमा लिएका छन् । यसलाई विद्रोहीबाट मुक्त पार्ने प्रयासमा सरकार लागेको छ । सोमबार हवाइ आक्रमण गरेको सिरियाली सेनाले स्थल आक्रमण पनि गर्ने तयारी गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com