बलिउड सुपरस्टार अनिल कपूर र उनकी छोरी सोमन कपूर एकै फिल्ममा देखिने भएका छन् । यी बाबु–छोरी फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’मा एकसाथ देखिने भएका हुन् । यो फिल्मको टाइटल अनिल कपूरको फिल्म ‘१९४२ स् लभ स्टोरी’ चर्चित गीत ‘एक लडकी को देखा तो ऐसा लगा जैसे’ माथि राखिएको छ । ट्विटरमा फोटो शेयर गर्दै सोनमले लेखेकी छिन्,‘पिता र यो टिमको साथका कारण मलाई घर जस्तो माहोल महशुस भएको छ । फिल्मको पहिलो दिनको एक झलक ।’ आफ्नो पितासँग काम गर्न सोनम निकै उत्साहित छिन् । सोनम र अनिलका अलावा फिल्ममा जूही चावला र नेशनल अवार्ड विनर राजकुमार राव पनि छन् । यो फिल्म बाबु र छोरीमाथि आधारित छ । यो फिल्मलाई शैली चोपडाले निर्माण गर्ने छिन् ।

English
MTV NEPAL MTVNEPAL


