भक्तपुरमा मिनीट्रकले ठक्कर दिँदा बालकको मृत्यु

चाँगुनारायण नगरपालिका–८ आरुबारीस्थित देवी इँटाभट्टामा बा २ ख. १३७८ नं को मिनीट्रकले ठक्कर दिँदा १९ महिनाको बालकको मृत्यु भएको छ । माटो लाद्ने क्रममा रोल्पा ह्याङ्ग ८ घर भई हाल सोही इँटाभट्टामा काम गर्ने देवेन्द्र बुढा मगरको १९ महिनाको छोरा सविनलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । ठक्कर दिने सवारी साधन र चालक काभ्रेपलाञ्चोक धुलिखेल – ११ पात्लेखेत बस्ने २६ वर्षीय गोकुल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com