मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आठ बजे बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओली नेतृत्वमा सरकार गठन भएपछिको यो दोस्रो बैठक हो । एमाले–माओवादीबीच गएराति सात बुँदे सहमतिभएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । ओलीले एक÷दुई दिनमै सरकार विस्तार गर्ने जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

English
MTV NEPAL MTVNEPAL


