Author Archives: MTV NEPAL

दुई दिनभित्रै माओवादी पनि सरकारमाः मन्त्री पण्डित

काठमाडौं । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एक/दुई दिनभित्रै माओवादी पनि सरकारमा सहभागी हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र माओवादी पनि सहभागी हुने बताएका हुन् । ‘एक/दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्रपनि सरकारमा ...

Read More »

बालुवाटार छाडे निवर्तमान प्रधानमन्त्री देउवाले

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास सरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा शुक्रबार दिउँसो निजी निवास सरेका हुन् । निवर्तमान प्रधानमन्त्री देउवा दिउँसो साढे १२ वजेपछि बालुटारबाट निजी निवास बुढानिलकण्ठतर्फ लागेका उनका स्वकीय सचिव विरेन्द्र थापाले जानकारी ...

Read More »

मिथिला परिक्रमाका श्रद्धालु जनकपुरबाट कल्याणेश्वर प्रस्थान

जनकपुरधाम–  ‘अनेकतामा एकता’को विशिष्ट उदाहरणको रूपमा रहेको मिथिला परिक्रमाका श्रद्धालु आज जनकपुरधामबाट कल्याणेश्वर प्रस्थान गरेका छन् ।  पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । सो अनुसार बुधबारबाट शुरु हुने भनिएको परिक्रमा तिथिमितिमा घटबढका कारण बिहीबारबाट शुरु भएको छ । मिथिला महात्म्यकाअनुसार मिथिलापुरीको यात्राफल राम्रो ...

Read More »

राष्ट्रियसभामा देउवाले गरेको सिफारिस फिर्ता लिइने

काठमाडौं । शेरबहादुर देउवा सरकारले जाँदाजाँदै राष्ट्रियसभा सदस्यका तीन सदस्य मनोनयनका लागि गरेको सिफारिस नयाँ सरकारले फिर्ता लिने भएको छ । देउवाले एकलौटी रुपमा गरेको सिफारिस राष्ट्रपति कार्यालयमा थन्किएको छ । संविधानअनुसार राष्ट्रियसभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना मनोनित गर्ने व्यवस्था छ । यसअघि प्रदेशगत निर्वाचनबाट ५६ जना निर्वाचित भएर ...

Read More »

फ्राइडे रिलिजः ‘कान्छी’ अल नेपाल रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कान्छी’ शुक्रबार (आज) बाट प्रदर्शनमा आएको छ । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई र स्वेता खड्का मुख्य भूमिकामा छन् । राई र खड्का सँगै चलचित्रमा कामेश्वर चौरासिया, अशान्त शर्मा, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्र ‘कान्छी’ लाई अभिनेत्री स्वेता ...

Read More »

कप्तान पारसले शतक बनाएपनि नेपाल युएईसँग स्तब्ध

काठमाडौं । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको फाइनलमा नेपाल युएईसँग पराजित भएको छ । बिहिबार भएको फाइनलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सँग ७ रनले पराजित भएको हो । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट ...

Read More »

ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् । मोदीले ओली प्रधानमन्त्री हुनासाथ अर्थात बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए । टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएको ओलीका प्रेस ...

Read More »

एमाले-माओवादीको आज ‘निर्णायक’ बैठक

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने प्रयासमा शुक्रबार पनि एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक बस्दैछ । बिहीबार नै बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिलगायतका कार्यक्रमका कारण बैठक बस्न सकेको थिएन । शुक्रबार बैठक बस्ने भनिए पनि समय र स्थान निश्चित भइसकेको छैन । तर, नेताहरुले आजको ...

Read More »

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त हुनु भएको छ । यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामाफोसालाई राष्ट्रपति पदमा चयन गरेको हो ।  प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसदमा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण आफ्नो प्राथमिकता हुने बताउनु भयो ।  धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र ...

Read More »

केपी ओलीको राजनीतिक पृष्ठभूमि यस्तो छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन्। प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल पनि गठन गरेका छन्। एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनका तर्फबाट १ सय ७४ जना सांसदको समर्थन रहेको प्रस्ताव लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com