बालुवाटार छाडे निवर्तमान प्रधानमन्त्री देउवाले

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास सरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा शुक्रबार दिउँसो निजी निवास सरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री देउवा दिउँसो साढे १२ वजेपछि बालुटारबाट निजी निवास बुढानिलकण्ठतर्फ लागेका उनका स्वकीय सचिव विरेन्द्र थापाले जानकारी दिएका छन् ।  गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका थिए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com