ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् । मोदीले ओली प्रधानमन्त्री हुनासाथ अर्थात बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएको ओलीका प्रेस संयोजन चेतन अधिकारीले जानकारी दिएका छन् । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता महामहिम मोदीले व्यक्त गरेका छन् । टेलिफोन संवादमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आफूलाई बधाइ तथा शुभकामना व्यक्त गरेकोमा धन्यवाद दिँदै  आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र   भारतसँगको  मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा पनि  बताएका थिए ।

मोदीले भारतीय राजदुत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई एक शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायीत्व पाउने आशा व्यक्त गरेका थिए । शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास,सद्धभाव र पारस्परिक विस्वासमा आधारित युगौं पुरानो सम्बन्धलाई विकाश गर्न आफूहरुले उच्च महत्व दिने र त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएको प्रेस संयोजक अधिकारीले जानकारी गराए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com