– खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवासुङका युवाहरु पूर्णकालीन रुपमा समूह बनाएर कृषि पेसामा लागेका छन् । घरजग्गा छाडेर तराई गएका आफन्तको ८० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर बुवासुङका १० युवाले सामुहिक खेती सुरु गरेका हुन्। कृषिको व्यवसायीकरण गर्दै कृषिलाई पनि आकर्षक पेसाकारुपमा स्थापित गर्ने लक्ष्यका साथ उनीहरुले ठूलो क्षेत्रफलमा ...
Read More »Author Archives: MTV NEPAL
कर्मचारी २४ घन्टाभित्र कार्यक्षेत्र नपुगे कारबाही
कर्मचारीहरु प्रदेशमा खटाएको एक महिना बित्दा पनि कार्य क्षेत्रमा नपुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चेतावनीपत्र पठाएको छ। मुख्य सचिव लोकदर्शन रेग्मीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २४ घन्टाभित्र कर्मचारी प्रदेशमा पठाउन बुधबार सचिव र महानिर्देशकलाई चेतावनीपत्र पठाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाई पत्र पठाएको यो ...
Read More »सेभिया र म्यान्चेस्टर युनाईटेडबीचको खेल बराबरी
च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि क्वाटरफानइनलको पहिलो लेगको खेलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडलाई बराबरीमा रोकेको छ । स्पेनमा गएराति भएको खेलमा सेभियाले म्यान्चेस्टर युनाईटेडलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा दुवै टोलीले बनाएका अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो । गएरातिका खेलसँगै युरोपियन च्याम्पियन्स लिग फुटबलका ...
Read More »धरौटीमा छुट्दै चिनियाँ नक्कली डाक्टर
पर्यटक भिसामा नेपाल छिरेर मेडिकल काउन्सिलबाट अनुमति नलिई खोलिएका अस्पतालमा कार्यरत नक्कली चिनियाँ डाक्टर साधारण तारिखमा छुटेका छन् । जिल्ला अदालत, काठमाडौंको आदेशमा चुच्चेपाटीको चाइना ग्रेटवाल हेल्थ सेन्टर, बौद्धमा कार्यरत चिनियाँ डाक्टर लङ युहाउ साधारण तारेखमा छुटेका हुन् । अदालतले सोही अस्पतालमा कार्यरत लङ गउ योङलाई भने पुर्पक्षका लागि थुना ...
Read More »काँग्रेसका सांसदहरुको बैठक फागुन १२ गते
नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । भोलि फागुन १० गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि ...
Read More »भद्रगोलकी रक्षा आमा बनिन्
गायक तथा संगीतकार तुला पर्वत पछिल्लो समय निर्देशनमा पनि ब्यस्त बन्न थालेका छन् । तुलाले निर्देशन गरेको नयाँ गीत ‘जुन लुक्यो आकाशमा’ सार्वजनिक भए लगत्तै यसले राम्रो चर्चा परिचर्चा पाइरहेको छ । सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतमा चर्चित हाँस्य शृखला भद्रगोलकी रक्षा श्रेष्ठको दमदार अभिनय रहेको ...
Read More »१६ वर्षिया बालिकालाई बलात्कार गरी हत्या गर्नेलाई २८ वर्ष कैद
मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीलाई २८ वर्ष कैद हुने फैसला गरेको छ। मंगलबार पाटन नगरपालिका–१ का १८ वर्षिय भरतराम लुहारलाई जन्मकैदसहित ८ वर्ष थप कैद हुने फैसला गरेको हो। न्यायाधीश बिष्णुप्रसाद गौतमको इजलासले आरोपीलाई २८ वर्षको कैद सजाय सुनाएको ...
Read More »डा. गोविन्द केसीकै तीन जन्ममितिः पत्रकार सम्मेलमा गल्ति स्विकार
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मितिमाथि प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममितिको समस्यामा परेका छन् । नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक÷फरक जन्म मिति भेटिएपछि डा. केसी समस्यामा परेका हुन् ।डा. केसिको नागरिकतामा २७ असोज २०१३ , एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ र उपप्राध्यापक रहँदा ...
Read More »क्रिकेट खेलाडि करण केसिलाइ एक लाख सहित सम्मान
प्रदेश नम्बर ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्फबाट एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा बुधबार आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उहाँले आगामी ...
Read More »क्षतिपूर्ति माग गर्दै माइतीघरमा प्रदर्शन
९ फागुन, काठमाडौं । सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाका पीडितहरुले आफूहरुलाई उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । पिडितहरुले तत्कालै क्षतिपुर्तिको व्यवस्था नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन । सडक विस्तारपछि उचित क्षतिपूर्तिको व्यवस्था नगरिएको भन्दै उनीहरुले बुधबार माइतीघर मण्डलामा उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग ...
Read More »
English
MTV NEPAL MTVNEPAL