युवाहरु सामुहिक कृषि व्यवसायमा संलग्न

– खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवासुङका युवाहरु पूर्णकालीन रुपमा समूह बनाएर कृषि पेसामा लागेका छन् । घरजग्गा छाडेर तराई गएका आफन्तको ८० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर बुवासुङका १० युवाले सामुहिक खेती सुरु गरेका हुन्। कृषिको व्यवसायीकरण गर्दै कृषिलाई पनि आकर्षक पेसाकारुपमा स्थापित गर्ने लक्ष्यका साथ उनीहरुले ठूलो क्षेत्रफलमा आलु, अदुवा, अलैंची, अम्रिसो, माछा, तरकारी लगायत खेती लगाएका हुन् । सुम्नीमा मेरुङ कृषि समूहको नाममा २०७० बाट सुरु गरिएको सामूहिक खेतीले हाल प्रतिफल दिन थालेको समूहका सदस्य गजेन्द्र राईले बताए।

जमिन खनजोतदेखि बीउ छर्ने, गोडमेल गर्ने, मलजल गर्ने, भित्र्याउने काममा उनीहरु सबै खट्ने गरेका छन् । सबै युवा कृषि फर्ममा आलु, अदुवा, तरकारी, ग्रासकार्प जातको माछा लगायत हेरचाहकै काममा दिन बिताउँछन् । होलटाइमर बनेर सामूहिक खेती लगाएको दोस्रो वर्षदेखि नै आलु, अदुवा र माछाबाट आम्दानी आउन थालेको राईले बताए । हालसम्म २५ लाख रुपैयाँ लगानी भइसकेको उनीहरुले बताएका छन् ।
आलुबाट वार्षिक ५० देखि ६० हजार र अदुवाबाट २५ हजार आम्दानी भइरहेको राईले बताए । राइका अनुसार माछा, तरकारी लगायतबाट आउने आम्दानी पनि सन्तोषजनक छ । यस वर्षदेखि कृषि समुहलाई अलैंचीबाट पनि आम्दानी आउन थालेको छ । अलैंचीको बेर्ना बिक्री गर्नका लागि गत वर्षदेखि उनीहरुले नर्सरी लगाएका छन् । मलका लागि उनीहरुले कृषि फर्मभित्र गाईभैंसी पालेका छन् ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com