१६ वर्षिया बालिकालाई बलात्कार गरी हत्या गर्नेलाई २८ वर्ष कैद

मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीलाई २८ वर्ष कैद  हुने फैसला गरेको छ। मंगलबार पाटन नगरपालिका–१ का १८ वर्षिय भरतराम लुहारलाई जन्मकैदसहित ८ वर्ष थप कैद हुने फैसला गरेको हो। न्यायाधीश बिष्णुप्रसाद गौतमको इजलासले आरोपीलाई २८ वर्षको कैद सजाय सुनाएको छ, भने सोही ठाउँका २७ वर्षीय मनोजराम दयाललाई जन्मकैदको सजाय सुनाएको छ। गत साउन ३ गते दुबैजनाले बालिकालाई सामूहिक बलात्कार गरि हत्या गरेको भन्दै पीडितका अभिभावकले साउन ९ गते इलाका प्रहरी कार्यालय, पाटन बैतडीमा उजुरी दिएका थिए। उजुरी दिएकै दिन प्रहरीले आरोपीलाई गिरफ्तार गरेको थियो।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com