क्षतिपूर्ति माग गर्दै माइतीघरमा प्रदर्शन

९ फागुन, काठमाडौं । सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाका पीडितहरुले आफूहरुलाई उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । पिडितहरुले तत्कालै क्षतिपुर्तिको व्यवस्था नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन ।

सडक विस्तारपछि उचित क्षतिपूर्तिको व्यवस्था नगरिएको भन्दै उनीहरुले बुधबार माइतीघर मण्डलामा उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै नयाँ सरकारलाई पनि दबाब दिन सुरु गरेका हुन् ।

नयाँ सरकारले पनि आफूहरुको माग सम्बोधन नगरे कडा संघर्षमा जान बाध्य हुने काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीले चेतावनी दिए ।

सडक विस्तार गरेपनि त्यसको उचित क्षतिपूर्ति नपाएपछि काठमाडौं उपत्यकाबासीले सरकार विरुद्ध संघर्ष गर्दै आएका हुन् ।

उनीहरुले संवैधानिक व्यवस्था अनुसार पनि बास बस्न पाउने नागरिकको हक खोस्ने अधिकार कसैलाई पनि नरहेको दावी गर्दै उचित क्षतिपूर्तिका व्यवस्था गर्न माग गर्दै आएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com