राष्ट्रिय

राजनीति पैसा कमाउने व्यवसाय हैनः सांसद मरासिनी

काठमाडौं,२४ कार्तिक । राजनीति पैसा कमाउने पेशा नभई सामाजिक सेवा भएको कुरा सांसद नारायण प्रसाद मरासिनीले बताउनु भएको छ । स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मरासिनीले राजनीति गर्ने मान्छे पवित्र हुनु पर्नेमा जोड दिँदै राजनीतिलाई कमाउने भाँडो बनाउन नहुने कुरा मिथिला बहसमा बताउनु भएको छ । ...

Read More »

महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन जरुरी : मुख्यमन्त्री भट्ट

सुर्खेतः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा अन्त्यका लागि सोचमा परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ । लैङ्गिक हिंसा विरुद्वको वर्ष अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज धनगढीमा आयोजना गरेको ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका र प्र्रतिबद्धता’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मुख्यमन्त्री भट्टले व्यक्तिको सोच ...

Read More »

राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप

काठमाडाैंः सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ ।उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक २१ गते सार्वजनिक गरेको उक्त नीतिको मूल स्वरुपमा मौलिकता नदेखिएको पार्टीका प्रवक्ता लीलाबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा उल्लेख ...

Read More »

उपनिर्वाचन २०७६ : नेकपा, काङ्ग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा

आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा ...

Read More »

Voice For Youth 2019 द्वारा तीन जना नेपाली Youth अमेरिकामा सम्मानित :

अक्टोबर १९,तारिकमा संचालित Voice For Youth 2019 को मोटिभेसनल स्पीच प्रतिस्पर्धामा सहभागी १५० जना मध्ये ३ जना नेपाली उत्कृष्ट छनौटमा परेका छन् । उक्त कार्याक्रम अमेरिकाको अल्मश हस्पिटल अडिटरियनमा आयोजित थियो । यस कार्याक्रम द्वारा पुरस्कृत हुने तीन जना युथहरुको नाम र उनीहरुले अध्ययन गरेको विश्वविद्यालय निम्न अनुसार छ ।

Read More »

उपनिर्वाचन २०७६ः स्वतन्त्र उम्मेदवारको पहिलो दर्ता

भक्तपुर : मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेर १५ मिनेटमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने कृष्णप्रसाद पाध्याले पहिलो उम्मेदवारी दर्ता गराउनुभयो । त्यसैगरी १० बजेर ३० मिनेटमा चानपा ५ ...

Read More »

करिडोरको स्तरोन्नतिमा सेनाको सक्रियता

बागलुङः सदरमुकाम बागलुङसँग जोडिएको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म कालीगण्डकी करिडोरको स्तरोन्नतिको जिम्मेवारी पाएको नेपाली सेनाले कामलाई तिव्रता दिएको छ । करिडोरको ठाउँठाउँमा खसेका पहिरोको सफाइ र १० मिटर चौडाइ नपुगेको क्षेत्रमा बम विष्फोटको कामलाई नेपाली सेनाले तीव्र बनाएको हो । गत ज्येष्ठ मसान्तसम्म सडक विभागलाई हस्तान्तरण गर्ने गरी जिम्मेवारी पाएको सेनाले ...

Read More »

प्रदेश नंं ५ को राजधानीको फैसला जनताले गर्नेछन् : नेकपा अध्यक्ष प्रचण्ड

बुटवलः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भौगोलिक बनावट सुहाउने गरी प्रदेश नं ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा राखिने बताउनुभएको छ । नेकपा कोहलपुरले आयोजना गरेको विजयादशमी दिपावली तथा छठ पर्वका अवसरमा आयोजित कार्यक्रममा उहाँले जनताको फैसला नै अन्तिम हुने भएकाले त्यसतर्फ जनप्रतिनिधिको ध्यान जानुपर्नेमा जोड दिनुभयो । “प्रदेश ...

Read More »

अधिकांश स्थानीय तहका कार्यालय भाडाकै घरमा

निजगढ: बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । १६ स्थानीय तहमध्ये सुगम र सुविधा सम्पन्न उपमहानगरपालिकाको रुपमा चिनिने कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाबाहेकका सबै स्थानीय ...

Read More »

जाजरकोटको मुख्यद्वारमै खानेपानी छैन

जाजरकाेटः जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मानिएको छेडाबजार जिल्लाका सबै ठाउँमा जाने व्यस्त बजार पनि हो । जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा रहेको शिवालय गाउँपालिका –१स्थित दैनिक चहलपलह हुने छेडाबजार छिन्चु –जाजरकोट – डोल्पा सडक खण्डको चर्चित ठाउँ भए पनि यहाँ खानेपानीको अभाब हुँदा स्थानीयवासी वषांैदेखि भेरी नदीको फोहर पानी प्रयोग गर्न ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com