२४ मंसिर । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका महत्वपूर्ण पदहरुमा मनोनयन गरेको छ । संघका प्रवक्ता भूषण घिमिरेका अनुसार शुक्रबार बसेको आईसीसी बैठकले संघको प्रमुख सल्लाहकारमा डा. उपेन्द्र महतोलाई नियुक्त गर्ने निर्णय गरेको छ । अन्यसंरक्षकहरुमा निवर्तमान अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष ...
Read More »प्रवास
महोत्तरी-३ मा एमाले उम्मेदवारभन्दा महन्थ ठाकुर दोब्बर मतले अगाडि
महोत्तरी-३ मा राजपा एमाले उम्मेदवारभन्दा दोब्बर मतले अगाडि रहेका छन्। राजपा उम्मेदवार महन्थ ठाकुरले १६८४ मत पाएका छन्। उनलाई पछ्याइरहेका एमाले उम्मेदवार विजयकुमार चौधरीले ५८९ मत ल्याएका छन् ।
Read More »नेपाली म्युजिक भिडियो अवार्ड-२०१७ युएईको अबुधाबीमा सम्पन्न
२२ मंसिर ।.दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१७ युएईको अबुधाबीमा सम्पन्न भइसकेको छ । संगीक्षा फिल्म इन्टरटेनमेन्ट र नमस्ते ट्राभलको संम्युक्त आयोजनामा निकै तामझामका साथ अवार्ड सम्पन्न भए पनि यसका बिबिध पक्षबारेका चर्चापरिचर्चा भने अझै सेलाएको छैन् ।यसपालिको अवार्ड कार्यक्रम अघिल्लो वर्षको भन्दा अलि फरक रहृयो । युएईमै रोजगारीका साथ ...
Read More »जापानमा एक नेपालीले गरे समुद्रमा आत्महत्या
२० मंसिर । जापानमा एक नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन् । नवलपरासी गैडाकोटका ३० बर्षिय कुमार तिमिल्सीनाले मंगलबार आत्महत्या गरेका हुन् । नागोया मिनातोमा बस्दै आएका तिमिल्सीना विगत चार वर्ष देखि जापानमा अध्ययनरत थिए । युनिर्भसिटीमा तेश्रो वर्षमा पढ्दै आएका तिमिल्सीनाको जापानमा दाहसंस्कार गर्ने बताइएको छ । ...
Read More »न्यूयोर्कमा ११ जना व्यक्ति र तीन नेपाली संस्थाहरु सम्मानित
२० मंसिर । अमेरिकाको न्यूजर्सीबाट संचालित बिधुतीय पत्रिका, युएसनेपालअनलाइन डट कमको १० औं वार्षिकोत्सबमा अवसरमा समाजमा विशेष योगदान पुर्याएका तथा युवा प्रतिभाहरुलाई सम्मान गरिएको छ । ‘अतिथी सम्मान’द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा वरिष्ठ नाट्यकर्मी रामराज क्षेत्री, न्यू योर्क शहरका भूमिगत पद्धती सुरुङ्ग अभियन्ता मेख गुरुङ, सामाजिक अभियन्ता दुर्गेश जङ्ग कार्की, वकिल ...
Read More »अमेरिकाले गर्यो भिसा शुल्कमा एकरुपता ल्याउने प्रस्ताव
मंसिर १९ । अमेरिकी दूतावासले नेपालले आफ्ना नागरिकप्रति अवलम्बन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको छ । दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उसका नागरिकका लागि अवलम्बन गरिँदै आएको भिसा नीति परिवर्तन गरी आफूसँग एकरूपता कायम गर्न औपचारिक प्रस्ताव गरेको हो । दूतावासले पर्यटक, कामदार, विद्यार्थी र सञ्चारकर्मीका ...
Read More »मलेसियामा नेपालीले नेपालीलाई नै तीन तलाबाट खसाल्दा मृत्यु
मलेसिया १८ मंसिर । काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली-नेपालीबीच झगडा हुँदा एक पुरुषको मृत्यु भएको हो । राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताए । मृतकको परिचय भने खुलाएका ...
Read More »कतारमा अलपत्र रहेकी युवतीलाई स्वदेश फर्काइयो
खोटाङ १८ मंसिर । तलब नपाएर चार महिनादेखि कतारमा अलपत्र परेकी खोटाङकी एक युवतीलाई स्वदेश फर्काइएको छ। कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपीलासगढी गाउँपालिका–३ बासपानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो। निरन्तर काम गरे पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उनलाई कतारदेखि नेपालसम्मको एकतर्फी ...
Read More »अमेरिकामा नेपाली फोटोग्राफरको ‘ग्लाम क्यालेन्डर २०१८’ सार्वजनिक
अमेरिकामा नेपाली चर्चित फोटोग्राफर राजीव श्रेष्ठको ग्लाम क्यालेण्डर २०१८ को तस्वीर सार्वजनिक गरिएको छ । राजिव श्रेष्ठद्वारा अमेरिकाको भर्जिनिया, न्यूयोर्क, मेसेचुसेट्स राज्य तथा डीसी महानगर क्षेत्रमा अमेरिकामा रहेका नेपाली कलाकार तथा मोडलहरु युवायुवतीका उनले खिचेका छायाचित्रहरुको संग्रह गरिएका तस्वीरलाई पात्रो निर्माण गर्दै ‘ग्लाम क्यालेन्डर २०१८’ को सार्बजनिक गरेका छन् । ...
Read More »विदेशमा रहेका नेपालीका लागि ५० करोडको ‘वैदेशिक बचतपत्र’ जारी
नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली एवं गैरआवासिय नेपालीलाई लक्षित गरी बैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपालमै सुरक्षित लगानी गर्न पाउने गरी राष्ट्र बैंकले बचतपत्र जारी गरेको हो । १० प्रतिशत व्याज दिनेगरी ५० करोड रुपैयाँ बराबरको ‘बैदेशिक रोजगार बचतपत्र २०७९’ जारी गरेको ...
Read More »
English
MTV NEPAL MTVNEPAL