२० मंसिर । अमेरिकाको न्यूजर्सीबाट संचालित बिधुतीय पत्रिका, युएसनेपालअनलाइन डट कमको १० औं वार्षिकोत्सबमा अवसरमा समाजमा विशेष योगदान पुर्याएका तथा युवा प्रतिभाहरुलाई सम्मान गरिएको छ । ‘अतिथी सम्मान’द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा वरिष्ठ नाट्यकर्मी रामराज क्षेत्री, न्यू योर्क शहरका भूमिगत पद्धती सुरुङ्ग अभियन्ता मेख गुरुङ, सामाजिक अभियन्ता दुर्गेश जङ्ग कार्की, वकिल एवं एनआरएन अमेरिकाका निवर्तमान प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल, अमेरिका नेपाल सुन्दरी प्रतियोगिताका संस्थापक अमित शाह, न्यू योर्ककि महिला व्यवसायी सूर्य श्रेष्ठ महर्जन र गीतकार पद्मा लिंखा मगर छन् यसैगरी अतिथी सम्मान’ द्वारा कदर गरिएका नेपाली संस्थाहरुमा अधिकार, युनाईटेड शेर्पा एशोसिएसन युएसए र रिजवूड नेपाली समाज छन् ।
त्यसैगरी, ‘युवा प्रतिभा पहिचान पुरस्कार’बाट संयुक्त राष्ट्र संघ युवा सम्मेलन कि युवा सभाध्यक्ष जोली अमात्य, युवा अंग्रेजी पुस्तकका लेखक राजन थपलिया, अमेरिकि पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा राष्ट्रपतीय पुरस्कार द्वारा सम्मानित युवा कन्चन अमात्य र वृद्धि रोकावट हुने बालबालिकाहरुको रोगको रोकथाम सम्बन्धी क्षेत्रमा सकृय युवा प्रियंका थापालाई सम्मान गरिएको छ ।

English
MTV NEPAL MTVNEPAL


