२० मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा आज नेपाल र युएईबीचको खेल चलिरहेको छ । दुवईको शेख जायद रंगशालामा टस हारेर व्याटिङ नेपाल व्याटिङ गरिरहेको छ । आजको खेलमा दिपेन्द्र सिंह ऐरी, सागर पुन र करण केसीलाई आराम दिइएको छ । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना गुमाइसकेको छ । यस्तोका युएईसँगको खेल नेपालका लागि प्रतिष्ठाका लागिमात्र हो । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

English
MTV NEPAL MTVNEPAL


