नेपाली म्युजिक भिडियो अवार्ड-२०१७ युएईको अबुधाबीमा सम्पन्न

२२ मंसिर ।.दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१७ युएईको अबुधाबीमा सम्पन्न भइसकेको छ ।
संगीक्षा फिल्म इन्टरटेनमेन्ट र नमस्ते ट्राभलको संम्युक्त आयोजनामा निकै तामझामका साथ अवार्ड सम्पन्न भए पनि यसका बिबिध पक्षबारेका चर्चापरिचर्चा भने अझै सेलाएको छैन् ।यसपालिको अवार्ड कार्यक्रम अघिल्लो वर्षको भन्दा अलि फरक रहृयो । युएईमै रोजगारीका साथ कलाकारिता तथा संगीतको साधना गरिरहेका करिब ५० जना सर्जकहरु यसपालि समेटिएका थिए ।
अवार्ड पाउने आशामा रहेका ५० जना मध्ये पाँच विधामा जम्मा सात जनाले मात्र अवार्ड हात पारेर आफुलाई भाग्यमानी सावित गरेका छन् । अवार्ड वितरणको निष्पक्षतामा केही व्यक्तिहरुले प्रश्नचिन्ह उठाए पनि समग्रमा कार्यक्रम भव्य रुपमा सफल भएको र आफ्नोतर्फबाट व्यवस्थापनमा कुनै कमजोरी नगरेको आयोजकका तर्फबाट नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र्र थापाले बताएका छन् । नेपाली मुलधारको सांगीतिक, मोडलिङ समग्र कलाकर्ममा क्रियाशील हस्तीहरुसँगै एउटै मञ्चमा युएईमै रोजगारीका क्रममा रहेका केही नेपालीहरु सर्जकहरु पुरस्कृत हुने अवसर पाएका छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com