उपेन्द्र महतो बने एनआरएनएको प्रमुख सल्लाहकार

२४ मंसिर ।  गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका महत्वपूर्ण पदहरुमा मनोनयन गरेको छ । संघका प्रवक्ता भूषण घिमिरेका अनुसार शुक्रबार बसेको आईसीसी बैठकले संघको प्रमुख सल्लाहकारमा डा. उपेन्द्र महतोलाई नियुक्त गर्ने निर्णय गरेको छ । अन्यसंरक्षकहरुमा निवर्तमान अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष देवमान हिराचन र पूर्व उपाध्यक्ष रामप्रताप थापालाई नियुक्त गरिएको छ ।

सामान्यतयाः निवर्तमान अध्यक्षलाई प्रमुख संरक्षक मनोनयन गर्ने परम्परा रहेपनि नवनिर्वाचित अध्यक्ष भवन भट्टले आफूलाई निर्वाचित गराउन मुख्य भूमिकाखेलेका पूर्व अध्यक्ष महतोलाई सो पदमा ल्याएका छन् । बैठकले सल्लाहकार समिति र मनोनित केन्द्रीय सदस्य समेत चयन गर्दै मानार्थ परिषद् समिति नामको नयाँ समिति समेत गठन गरेको छ । संघको सल्लाहकारमा डा. सूर्य पाठक, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, गोविन्द आचार्य,शेरबहादुर केसी, दिपकराज जोशी र डा.महाविर पुनलाई चयन गरेको छ । डा. पाठक हालैमात्र बाग्लुङबाट एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com