खेलकुद

चेल्सी द्धारा हल सिटीलाई ४-० ले पराजित

इंग्लिस एफए कप अन्तर्गत शुक्रबार चेल्सीले तल्लो श्रेणीको क्लब हल सिटीलाई ४-० ले पराजित गरेको छ । खेलको दोस्रो मिनेटमै खाता खोल्दै पहिलो हाफमा चार गोल गरेको चेल्सीले दोस्रो हाफमा कुनै गोल थप्न सकेन । विलियनले सुरुवाती अग्रता दिलाएको २५ मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे । लगत्तै विलियनले व्यक्तिगत दोस्रो ...

Read More »

तिलोत्तमा गोल्ड कप फागुन २४ देखि, विजेतालाई ७ लाख ७७ हजार

बुटवल । २० औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता फागुन २४ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा प्रतियोगिता सञ्चालन हुने शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए । प्रतियोगितामा नेपालको १३, भारतको दुई ...

Read More »

विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग

काठमाडौं । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार ...

Read More »

कप्तान पारसले शतक बनाएपनि नेपाल युएईसँग स्तब्ध

काठमाडौं । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको फाइनलमा नेपाल युएईसँग पराजित भएको छ । बिहिबार भएको फाइनलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सँग ७ रनले पराजित भएको हो । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट ...

Read More »

उत्कृष्ट प्रदर्शनका बावजुत नेपाल झिनो अन्तरले पराजित

  आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको फाइनल खेलमा नेपाल युएईसँग ७ रनले पराजित भएको छ । यससँगै युएई डिभिजन-२ को विजेता बनेको छ । नेपाल र युएईले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइ सकेका थिए । अब युएई विश्वकप छनोटमा समूह ‘ए’ मा वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी ...

Read More »

क्यानडाले दियो नेपाललाई १ सय ९५ रनको चुनौति

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको अन्तिम खेलमा क्यानडाले नेपाललाई एक सय ९५ रनको चुनौती दिएको छ। नामिबियामा जारी जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडाले पूरै ओभर खेल्दै एक सय ९४ रन बनाएको हो। क्यानडाका लागि सर्वाधिक श्रीमन्थ विजेरत्नले एक सय ५२ बलमा १०३ ...

Read More »

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दै

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दैछ । प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा आनेमनसँग पराजित भएको थियो । हिजो भएको तेस्रो खेलमा भने ...

Read More »

न्यूकासल युनाईटेडद्धारा म्यान्चेस्टर युनाईटेड पराजित

इङ्गलिस प्रिमियर लिग फुटबलमा न्यूकासल युनाईटेड विजयि भएको छ । गएराति न्यूकासल युनाईटेडको मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा न्यूकासल युनाईटेडले म्यान्चेस्टर युनाईटेडलाई १–० ले हराएको हो । गएरातिको हारसँगै न्युकासलको मैदानमा पहिलो जित हात पार्ने म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक जोजे मौरिन्होको सपना अपुरै रह्यो । मौरिन्होले प्रशिक्षकको रुपमा उक्त मैदानमा ...

Read More »

विश्व क्रिकेट लिग : युएई ११४ रनमा अलआउट

आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तरगत आफ्नो तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्सबाट ११५ रनको चुनौती पाएको छ । बर्षातका कारण ३४ ओभरमा छोट्याइएको खेलमा टस जितेर नेपालले फिल्डिङ रोज्ने निर्णय गरेपछि व्याटिङको निम्तो पाएको संयुक्त अरब इमिरेट्स ३१ ओभरमै अलआउट हुँदै ११४ रनमा समेटिएको हो ।

Read More »

रोनाल्डोको ह्याट्रिकमा रियल मड्रिडको जित

माघ २८,      सुपरस्टार क्रिष्टियानो रोनाल्डोले ला लिगामा ३३ औं ह्याट्रिक पूरा गरेका छन् । यो ह्याट्रिक सँगै रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ गोलले पराजित गरी शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ । खेलको पहिलो मिनेटमै लुकार भाजक्वेजको गोलका लागि पास उपलब्ध गराएका रोनाल्डोले २७ औं मिनेटमा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com