रोनाल्डोको ह्याट्रिकमा रियल मड्रिडको जित

माघ २८,      सुपरस्टार क्रिष्टियानो रोनाल्डोले ला लिगामा ३३ औं ह्याट्रिक पूरा गरेका छन् ।
यो ह्याट्रिक सँगै रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ गोलले पराजित गरी शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ ।

खेलको पहिलो मिनेटमै लुकार भाजक्वेजको गोलका लागि पास उपलब्ध गराएका रोनाल्डोले २७ औं मिनेटमा मार्सेलोको क्रसमा गोलको खाता खोले । ३७ औं मिनेटमा लुका मोड्रिकको कर्नरमा हेड गोल गर्दै रोनाल्डोले व्यक्तिगत गोल संख्या दुई बनाए । त्यसको तीन मिनेटअघि टोली क्रुजले गोल गरेका थिए ।

पहिलो हाफमा चार शून्यको अग्रता बनाएको रियल मड्रिडले दोस्रो हाफको सुरुमै गोल खायो । तर रोनाल्डोले क्लोज रेञ्जबाट गोल गरी ह्याट्रिक पूरा गरे पनि टिमका लागि पाँचौं गोल गरे ।

ला लिगाको जारी सिजन गोल गर्न नसकेर आलाचना ब्यहोरिरहेका रोनाल्डोले घरेलु मैदान सान्टियागो बर्नबाउमा ह्याट्रिक पूरा गर्दै लयमा फर्किएको संकेत दिएका छन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com