महोत्तरीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उखु राखेर रामनगरस्थित चिनी मिलमा आएको ज १ त ३७१६ नं को ट्र्याक्टर गौशाला नगरपालिका–१ रामनगरमा दुर्घटना हुँदा चालक सर्लाही चन्द्रनगर–३ का २५ वर्षीय पुनित महतोको मृत्यु भएको हो । त्यसैगरी लोहरपाटीमा ज १ त ७६७० नं को ट्र्याक्टरको ठक्करबाट दुई वर्षीय कासिम महमदको मृत्यु भएको छ । भारतको उत्तरप्रदेश घर भई हाल लोहारपटी–४ महदैयास्थित इँटाभट्टामा काम गर्दै आएका ननो महमदका दुई वर्षीय छोराको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए । रासस

English
MTV NEPAL MTVNEPAL


