आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाल र युएई भिड्दै

नेपाल र संयुक्त अरब ईमिरेट्स युएई आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटमा आज आमनेसामने हुदैँछ ।

प्रतियोगिता दिउँसो सवा १ बजे नामिबियाको विन्डहकमा सुरु हुनेछ ।

सुरुवाती दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा छ ।

प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो ।

उता युएईले भने पहिलो खेलमा केन्यालाई २ सय १८ रनले हराउँदा दोस्रो खेलमा क्यानाडासँग २३ रनले हारेको थियो ।

दुई खेलबाट समान २÷२ अंक जोडेको युएई र नेपाल रन रेटको आधारमा क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।

आजको खेल जित्ने टोली शिर्ष दुई भित्रै रहने संभावना बलियो हुनेछ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com