सुपरहिट चलचित्र ‘पशुपति प्रसाद’ बाट आफ्नो अभिनयमा अब्बल ठहरिएका कलाकार खगेन्द्र लामिछानेको नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ को फस्टलुक सार्वजनिक भएको छ ।
चलचित्रको फस्टलुकमा, उनी डण्डीबियो खेलिरहेका छन् । नेपालबाट लोप हुँदै गएको यो खेललाई फेरि दर्शकमाझ लिएर आउन यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
चलचित्रमा खगेन्द्रका साथमा मेनुका प्रधान, अनुप बराल, वुद्दि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारको मुख्य भूमिका छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानी रहेको छ ।

English
MTV NEPAL MTVNEPAL


