उत्कृष्ट प्रदर्शनका बावजुत नेपाल झिनो अन्तरले पराजित

 

आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको फाइनल खेलमा नेपाल युएईसँग ७ रनले पराजित भएको छ । यससँगै युएई डिभिजन-२ को विजेता बनेको छ । नेपाल र युएईले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइ सकेका थिए । अब युएई विश्वकप छनोटमा समूह ‘ए’ मा वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्ससँग स्थान पाउनेछ भने नेपाल समूह ‘बी’ मा अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे र हङकङसँग रहनेछ । २ सय ७८ रन पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा केवल २ सय ७० रन बनाउन सफल भयो । नेपालका लागि आज पारस खड्काले शानदार ब्याटिङ गरे पनि जित दिलाउन सकेनन् । पारसले १ सय ३ बलको सामना गर्दै १ सय १२ रन जोडेका थिए । उनले शतक बनाए पनि हार निश्चित भएको कारण ब्याट उचालेनन् ।

नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले २४ तथा दिलिप नाथले १३ रन बनाएका थिए । दिपेन्द्र ऐरीले ३५ रन, शरद भेषावकरले ३० रन र रोहित पौडेलले २३ रन जोड्दै पारसलाई राम्रो साथ दिएका थिए । तर आज आरिफ शेख र हिजोको खेलका नायक करन केसी सस्तैमा आउट भए । यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्न सफल भएको थियो । युएईका लागि ओपनर अश्फाक अहमदले १ सय १४ रनको शतकीय पारी खेले । १ सय १० बलको सामना गर्दै उनले १० चौका र ३ छक्का पनि प्रहार गरेका थिए । उनलाई अर्का ओपनर रोहन मुस्ताफाले ५१ रन बनाउँदै राम्रो साथ दिएका थिए । त्यस्तै आक्रामक ब्याटिङ्ग गर्दै शाइमन अनवरले ४० रन बनाएका थिए । नेपालको बलिङ अघिल्ला खेलहरु जस्तो प्रभावकारी भने रहन सकेन । नेपालका लागि वसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले एकएक विकेट लिए । त्यस्तै अर्को विकेट रन आउट मार्फत भएको थियो । शानदार ब्याटिङ गरिरहेका अश्फाकलाई सन्दिपले आउट गरेका थिए । सन्दिपसँगै ओमानको बिलाल खानको पनि प्रतियोगितामा सर्वाधिक १७ विकेट रहेको छ ।

 

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com