काठमाडौं, १७ मंसिर । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि खेलेको अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ । केन्याले दिएको १ सय ११ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ३२ ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो ।
नेपालका ललित भण्डारीले चार, आरिफ शेखले दुई तथा करण केसी, सागर पुन र सन्दिप लामिछानेले समान एक एक विकेट लिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४६ तथा शदर भेषवाकरले ३१ रन बनाए । आइतबारको खेलमा पनि नेपालका पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, वसन्त रेग्मी, सोमपाल कामीलाई आराम दिइएको थियो । नेपाललले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएइसँग आउँदो बुधबार र शुक्रबार खेल्दैछ ।

English
MTV NEPAL MTVNEPAL


