चितवन, १७ मंसिर । पीडित पक्षको माग सम्बोधन गर्न सहमति भएपछि बाँदरमुढे घटनाका पीडित र माओवादी केन्द्रबीच सहमति भएको छ ।
सहमति अनुसार मृतकका परिवारलाई रोजगारी र बालबच्चाका लागि पठनपाठनको ब्यबस्था, घाईतेको उपचार खर्च ब्यहोर्ने र रोजगारीको अवसर मिलाईने छ । पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, बिकास लामिछाने, र हरि न्युरेले हस्ताक्षर गरेको छन् भने माओबादी अध्यक्ष दाहाल आफैंले हस्ताक्षर गरेका छन् । माओवादी युद्धकालमा बांदरमुढे भन्ने स्थानमा यात्रुवहाक बसमा माओवादीले विस्फोट गराउँदा निर्दोष ब्यक्तिहरुको ज्यान गएको थियो

English
MTV NEPAL MTVNEPAL


