१७ मंसिर ।एचआइभी एड्स अहिले विश्वभरी नै विकराल रुपमा फैलिएको छ । नेपालमा पनि यसको संक्रमण भएकाहरुको संख्या उल्लेख्य नै रहेको छ । जसमध्ये एउटा अनुसन्धान गर्दा नेपालगञ्ज नाका हुँदै कामको खोजीमा भारतका विभिन्न सहरमा जाने युवाहरु एचआइभीरएड्स संक्रमणको उच्च जोखिममा रहेका छन्। एक अध्ययनका अनुसार पश्चिम नेपालमा एचआइभीरएड्सको संक्रमितमध्ये करिब ८४ प्रतिशत वैदेशिक रोजगारमा रहेका युवा तथा तिनका श्रीमती र छोराछोरी रहेका छन्। उनीहरु २५ देखि ३५ वर्ष उमेरका छन्। बाँकेमा २०७४ असारसम्मको तथ्यांक अनुसार ५ सय ३५ पुरुष, ४ सय १४ महिला र १३ जना तेस्रोलिंगी गरी ९ सय ६२ जना एचआइभी संक्रमित छन्। तीमध्ये एआरटी खानेको संख्या ३ सय ९४ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन रामबहादुर चन्दले बताए। बाँकेमा हालसम्म १ सय १३ जनाको एड्सकै कारण मृत्यु भएको तथ्यांक छ। नेपालमा करिब ७० प्रतिशतमा असुरक्षित यौन सम्पर्कका माध्यमबाट एचआइभी संक्रमण हुने गरेको छ। नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि विदेशिनेहरु एचआइभीको उच्च संक्रमणमा छन्। यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अरु जोखिम समूहभन्दा उच्च छ।
सन् २०२० सम्म ९० प्रतिशत संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधी खानेमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्युन भएको अवस्था सिर्जना गर्ने लक्ष्य राखिएको छ। एभआइभी संक्रमणका कारण श्रीमानको मृत्यु भएपछि एकल बन्न विवश महिलाहरु सामाजिक अपहेलना र विपन्नताका कारण कष्टपूर्ण अवस्थामा जीवन बिताउन बाध्य छन्। एचआइभीको बढ्दो संक्रमण कम गर्नका लागि केही पहल भए पनि ती पर्याप्त भने छैनन्। उनीहरुको अवस्था अहिले पनि दयनीय छ। संक्रमितहरुले कुराभन्दा काम बढी गर्न सरोकारवालाहरुलाई आग्रह गरका छन्। पछिल्ला दिनमा नेपालगञ्ज नाका हुँदै दैनिक एक हजारभन्दा बढी नेपाली युवायुवती कामको खोजीमा भारत जाने गरेका छन्

English
MTV NEPAL MTVNEPAL


