आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले हरायो

२६ मंसिर ।  १६ वर्षमुनिको इस्टर्न रिजनल प्रतियोगितामा नेपालले हङकङलाई हराएको छ । टेर्ड थाई मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको हङकङले ३५ ओभर ब्याटिङ गर्दै ९ विकेट गुमाई ८२ रन बनाएको थियो। नेपालले निर्धारित लक्ष्य २४.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो। नेपालका लागि तीर्थराज दासले सर्वाधिक २७ रन बनाए। त्यस्तै राजन मगरले १७ तथा विशाल विक्रम केसी र शुशील भण्डारीले ११र११ रन बनाए। कुशल मल्ल र नारायण जोशीले २र२ रनको योगदान गरे।

हङकङलाई ८२ रनमा रोक्न नेपाली बलर प्रतिस जिसीले सर्वाधिक ३ विकेट हात पारे। यस्तै अजय कुमार लुनियाले २ विकेट लिने क्रममा कूल ७ ओभर बलिङ गर्दै ५ मेडन ओभर सहित मात्र २ रन खर्चेका थिए। नारायण जोशी र निखिल कुमार सिंहले पनि १र१ विकेट हात पारे। नेपालले आफ्नो पहिलो खेलमा सोमबार थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो। यस्तै हङकङले आफ्नो पहिलो खेलमा म्यानमारलाई पराजित गरेको थियो।

 

 
THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com