नवलपुरमा समानुपातिक तर्फको मतगणना जारी, प्रत्यक्षतर्फ २ दशमलव ६ प्रतिशत मत बदर

मंसिर २६, कावासोती-
नवलपुर जिल्लामा समानुपातिक तर्फको मतगणना जारी छ । समानुपातिक तर्फको मतगणनामा नेपाली काग्रेसले शुरुवाती अग्रता लिएको छ । करिव २० हजार बढी मत गन्दा काग्रेसले ९ हजार ६ सय ४८ मत प्राप्त गरेको छ भने एमालेले ८ हजार १ सय ८६ मत प्राप्त गरेको छ। यस्तैं माओवादी केन्द्रले ७ सय ९७ मत प्राप्त गरेको छ । त्यस्तैं जनमुक्ती पाटीृले २ सय १८, नया शक्तीले १ सय १३ बिवेकशिल साझाले १ सय ९१, राप्रपाले ६१ र जनमोर्चाले ६७ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत पवन रुपाखेतीले जानकारी दिनुभयो ।

बदर मत
यसैबिच, प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा नवलपुरमा प्रत्यक्षतर्फ २ दशमलव ६ प्रतिशत मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालयन नवलपुरका जिल्ला निर्वाचन अधिकारी भेषराज घिमिरेका अनुसार जिल्लामा २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाका लागि भएको चुनावमा २ दशमलब ६ प्रतिशत मत बदर भएको हो । घिमिरेका अनुसार प्रतिनिधि सभा क्षेत्र नंबर १ मा २ हजार २ सय ९४ मत बदर भएको छ भने प्रतिनिधिसभा क्षेत्रनंबर २ मा २ हजार १ सय ५० मत बदर भएको छ । स्थाानीय तहकोे आधारमा नवलपुरमा बदर मतको प्रतिशतमा कमि आएको घिमिरेले बताउनुभयो । स्थानीय तहमा साढे तीन प्रतिशत मत बदर भएकोमा अहिले बदर मतको प्रतिशत घटेको उहाँले बताउनुभएको छ ।

उता बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा मतदाता शिक्षा प्रभावकारी नभएकाले बदर मतको संख्या बढेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि वार्डवार्डमा खटाएको स्वयम् सेवकहरुले मतदाता शिक्षालाई प्रभावकारी नबनाएकाले जिल्लामा बदर मतको संख्या बढेको अनुमान गरिएको छ । जिल्लामा कुल ७ हजार ६ सय ८७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मतगणनाम पछिल्लो निर्वाचन भन्दा यस पटक बढि बदर मत भएको बताइएको छ । जिल्लाको बर्दघाट सुस्ता पश्चिम क्षेत्रमा र्दुइ वटा प्रतिनिधि सभा तथा ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जिल्लामा कुल २ लाख ८ हजार २ सय ३७ मतदाता रहेकामा दुईटै प्रंतिनिधि सभामा गरि कुल १ लाख ६१ हजार ३ सय ८५ मत खसेको थियो ।

निर्वाचन कार्यालयले मतदाता शिक्षामा लाखौं रुपिया खर्चे पनि उपलब्धी न्युन देखिएको छ । मतगणना गर्दा जिल्लाको प्रतिनिधि सभा १ र २ मा गरि यति धेरै मत बदर देखिएकाले जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको मुल्याङ्कन गरिएको छ । प्रदेश सभामा पनि करिब ८ हजार मत बदर भएको पाइएको छ । प्रत्येक प्रदेश सभामा २ हजारको अनुपातमा बदर मतले करिब ८ हजार नै बदर मत भएको कार्यालयले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com