बर्षौदेखीको तिर्खा यसरी मेटिने भयो फलेवासमा

२६ मंसिर ।  लामो समयसम्म खानेपानीको अभाव झेल्दै आएको पर्वतको फलेवासमा बृहत खानेपानी योजना शुरु भएको छ ।
पर्वत जिल्लाको फलेवास नगरपालिका–३ साविकको शंकरपोखरी गाविसमा आयोजना शुरु भएको हो । शंकरपोखरीका ७०० भन्दा बढी घरधुरीमा एक घर एक धारा विस्तारसहितको योजना शुरु भएको हो । यही महिनादेखि खानेपानीको आयोजना सञ्चालन भएको हो । छिमेकी जिल्ला स्याङ्जा र पर्वतको सिमानामा डहरे देउराली खानेपानी आयोजनामार्फत ल्याइएको खानेपानी संरचना जीर्ण भई पानी अपुग भएपछि शंकरपोखरीवासीले पानीको समस्या झेल्दै आएका छन् ।

यहाँका बासिन्दाले झण्डै दुई घण्टाको पैदलयात्रामा रहेका कुवा, खोल्साखाल्सीका धारा पँधेराबाट पिउने पानी बोक्नुपर्ने बाध्यता रहेको छ । नेपाल सरकार खानेपानी तथा सरसफाइ मन्त्रालयको रु २४ करोडको लागतमा बृहत् खानेपानी आयोजना सञ्चालन हुने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतले जनाएको छ । कार्यालयका अनुसार उक्त गाविसका ७०० भन्दा बढी घरधुरीलाई र केही सार्वजनिक धारासमेत निर्माण गर्ने गरी योजना शुरु भएको छ । गत जेठमा स्थलगत सर्वेक्षण गरी टेण्डरको प्रक्रिया शुरु गरिएको डिभिजन प्रमुख प्रेम डोटेलले बताए ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com