माघ २८, सुपरस्टार क्रिष्टियानो रोनाल्डोले ला लिगामा ३३ औं ह्याट्रिक पूरा गरेका छन् ।
यो ह्याट्रिक सँगै रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ गोलले पराजित गरी शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ ।
खेलको पहिलो मिनेटमै लुकार भाजक्वेजको गोलका लागि पास उपलब्ध गराएका रोनाल्डोले २७ औं मिनेटमा मार्सेलोको क्रसमा गोलको खाता खोले । ३७ औं मिनेटमा लुका मोड्रिकको कर्नरमा हेड गोल गर्दै रोनाल्डोले व्यक्तिगत गोल संख्या दुई बनाए । त्यसको तीन मिनेटअघि टोली क्रुजले गोल गरेका थिए ।
पहिलो हाफमा चार शून्यको अग्रता बनाएको रियल मड्रिडले दोस्रो हाफको सुरुमै गोल खायो । तर रोनाल्डोले क्लोज रेञ्जबाट गोल गरी ह्याट्रिक पूरा गरे पनि टिमका लागि पाँचौं गोल गरे ।
ला लिगाको जारी सिजन गोल गर्न नसकेर आलाचना ब्यहोरिरहेका रोनाल्डोले घरेलु मैदान सान्टियागो बर्नबाउमा ह्याट्रिक पूरा गर्दै लयमा फर्किएको संकेत दिएका छन् ।

English
MTV NEPAL MTVNEPAL


