स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडसहित जर्मन क्लब बोरुसिया डर्टमन्ड र टर्किस क्लब गालातसारेले पनि जित हात पारेका छन्। लियोनल मेसीको कीर्तिमान ह्याट्रिक गोलमा बार्सिलोनाले नेदरल्यान्ड्सको टोली पीएसभी आइन्डओभनलाई ४–० ले हरायो। घरेलु मैदान क्याम्प नोऊमा टोलीलाई महत्वपूर्ण जित दिलाउने क्रममा मेसीले च्याम्पियन्स लिगमा करिअरकै आठौं ह्याट्रिक पूर गरे। एक गोल ओस्मान डेम्बेलले गरेका थिए।फ्रान्सेली लिग च्याम्पियन पीएसजी साबिक उपविजेता लिभरपुलसँग ३–२ गोलले पराजित हुन पुग्यो। टोट्टनहामले भने इटालियन टोली इन्टरसँग २–१ गोलको पराजय व्यहो¥यो। लिभरपुलको मैदानमा भएको खेलमा नेमार, केलियन एमबाप्पे, एडिन्सन काभानीजस्ता सशक्त खेलाडी लिएर उत्रिएको पीएसजीले आफ्नो प्रभाव देखाउन सकेन। टोलीको पराजयमा एमबाप्पेले गरेको एउटा गल्ती पनि घातक बन्यो।खेल २–२ को बराबरीमा रहेको अवस्थामा एमबाप्पेकै गल्तीको फाइदा उठाउँदै लिभरपुलले निर्णायक गोल गरेको थियो। एमबाप्पेले बलमाथिको नियन्त्रण गुमाउँदा लिभरपुलका कप्तान जेम्स मिल्नरले सोही बल खोसेर भिर्जिल भान डिकलाई पास दिएका थिए। त्यसपछि भिर्जिलले सो बल अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका रोबर्टो फर्मिनोलाई गोलका लागि उपलब्ध गराएका थिए। जितसँगै लिभरपुल आफ्नो पहिलो खेलबाटै महत्वपूर्ण तीन अंक सुरक्षित गर्न सफल भयो।त्यसअघि एमबाप्पेले टोलीलाई २–२ को बराबरीमा फर्काएका थिए। नेमारको छोटो पासमा गोल गर्दै एमबाप्पेले खेलको ८३औं मिनेटमा टोलीलाई बराबरीमा फर्काएका थिए। गत वर्षमात्रै क्लबमा ‘डेब्यु’ गरेका एमबाप्पेका लागि यो च्याम्पियन्स लिगको ११औं गोल बन्न पुग्यो। खेल सुरु भएको ३६औं मिनेटमै २–० ले पछि परेको पीएसजीका लागि खेलको ४०औं मिनेटमा थोमस मुनियरले पहिलो गोल फर्काएका थिए। त्यसअघि डानियल स्टुरिजले हेडमार्फत गरेको आकर्षक गोल र मिल्नरले पेनाल्टीको अवसर सदुपयोग गर्दै गरेको गोलमार्फत लिभरपुलले आफूलाई खेलको सुरुमै २–० ले अघि राखेको थियो।३–० गोलले हराए। इटालियन क्लब नापोली भने सर्बियाको टोली क्रेभ्ना भेज्दासँग गोलरहित बराबरीमा रोकियो। जर्मन क्लब साल्के र पोर्चुगलको एफसी पोर्टोले १–१ गोलको बराबरी खेले।

English
MTV NEPAL MTVNEPAL


